जेष्ठ ९, २०८२ बिहीबार

झापासहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

काठमाण्डाै – १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको  छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ ।

यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवाइने छ । हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँछ ।

यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि यसको असर देखिने गर्छ । हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छ ।

यो सामान्य नै भएकाले नआत्तिन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै, यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने खान हुँदैन।  

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  १ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]