जेष्ठ ९, २०८२ बिहीबार

राजवंशी संस्कृति संरक्षणका लागि महोत्सव

विराटनगर – विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा र संस्कृति संरक्षणका लागि विराटनगरमा विराट राजवंशी महोत्सव गरिने भएको छ ।विराट राजवंशी प्रगतिशिल विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत ५ देखि १५ गतेसम्म विराटनगर–५ आयोजना हुने महोत्सवमा आफ्नो समुदायको मौलिक खानपान, वेषभुषा र संस्कृतिक झाँकी प्रदर्शन गरिने जनाएको हो ।

समाजका अध्यक्ष किरण राजवंशीले आदिवासी समुदायका रुपमा राजवंशीको संस्कृति पश्चिमा संस्कृतिले अतिक्रमण गर्दै लगेकाले संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । होत्वमा मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाको मनोरञ्जनका लागि झुला, रोटेपिङ र सांस्कृतिक कार्यक्रमलगायत कार्यक्रमका लागि ६० वटा कक्ष रहने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा नेपाली तथा राजवंशी भाषाका चर्चित कलाकार सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदीप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नुहुने समाजका सचिव गोपी राजवंशीले बताउनुभयो । नेपाल तथा सीमावर्ती भारतीय शहरबाट ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र रु ५० लाख बराबरको कारोबार हुने विश्वास लिइएको र महोत्वसवका लागि उक्त समुदायबाट रु ३० लाख सङ्कलन गरिएको जानकारी गराइयो ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  १ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]