जेष्ठ ९, २०८२ बिहीबार

सनातन धर्म सेवा समितिद्वारा सम्मान

बिर्तामोड । विर्तामोड नगरपालिका वडा नम्बर ४ मा रहेको सनातन धर्म सेवा समितिको ३८ औँ वार्षिकोत्सव तथा सम्मान समारोह आइतबार सम्पन्न भएको छ ।

समितिको कार्यालयमा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा बिर्तामोड ४ का भवनदाता, समाजसेवी गणेशप्रसाद खनाल र बिर्तामोड ३ का अमृतबहादुर बुढाथोकी रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख शिवाकोटी, डा.रुपक खनाल, नैनकला भट्टराई, जयनारायण ढुङगाना , शिरोसान्दाई खतिवडा, देवीभक्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गंगा प्रसाद भट्टराईले स्वागत, विष्णुप्रसाद बाँस्तोलाले ओमकार उच्चारण,लक्ष्मीप्रसाद खनालले इश्वर प्रार्थना, हस्त परियारले राष्ट्रगान र हरिहर गुरुकुल बिर्तामोड ६ बुटाबारीका बटुकहरुले स्वस्ती वाचन गरेका थिए ।

कार्यक्रममा डा.पुण्यप्रसाद सिग्देल,चन्द्रलाल गिरी,सोमनाथ गौतम,प्रेमप्रकाश फलाहारी,गोपिकृष्ण प्रसाई लगायतको उपस्थिति रहेको थियो । पण्डित सोमनाथ सुवेदीको अध्यक्षता रहेको कार्यक्रमलाई सचिव लक्ष्मीप्रसाद दंगालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]