जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडका कृषकलाई कृषि औजार वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई च्यापकटर र मकै छोडाउने मेशिन वितरण गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखा र पशुपंक्षी मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारीमा ६० थान च्यापकटर र २५ थान मकै छोडाउने मेशिन वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई र सहारा नेपाल साकोस चारपानेका सहसचिव ज्ञानुनाथ मैनालीले संयुक्तरुपमा उक्त सामाग्री वितरण गरेका हुन् ।

मकै छोडाउने मेशिन विभिन्न वडाका २५ वटा कृषक समुह र च्यापकटर ६० जना कृषकहरुलाई वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । आर्थिक वर्ष २०७८-०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामग्री वितरण गरिएको जनाइएको छ । मेशिन वितरण कार्यक्रममा विर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक, सहारा नेपाल साकोसका शंकर रिजाल, नगरको कृषि विकास शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले यस अघिका वर्षहरु देखिनै कृषकहरुलाई पावर टेलर, मकै छोडाउने मेशिन, धान काट्ने मेशिन,चिया टिप्ने मेशिन,मिनि टेलर, ग्रिनेट स्प्रे टयाङ्की लगायतका विभिन्न उपकरण तथा सामग्रीहरु वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]