जेष्ठ ५, २०८२ आईतबार

पत्रकार खनाललाई मातृशोक

बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाका सदस्य उमाकान्त खनाललाई मातृशोक परेको छ । खनालकी माता सरस्वतीको ६५ वर्षको उमेरमा आज बिहान ६.३० बजे झापाको बुद्धशान्ति–२ स्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ लामो समयदेखि मधुमेह, थाइराइड, मुटु र मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । २०१४ साल फागुन ९ गते तेह्रथुमको फूलबारीमा जन्मनुभएकी दिवंगत सरस्वतीको पार्थिव शरीरको आज दिउँसो १२ बजे कनकाई माईमा अन्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उहाँका श्रीमान झरेन्द्र, एक छोरा उमाकान्त, दुई छोरी मेनुका निरौला र नर्वदा पोखरेल, चार जना नातिनी र दुई जना नाति छन् ।
दिवंगत सरस्वतीका छोरा उमाकान्त लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । हाल उनी वीवीसी नेपाली सेवा र देशसञ्चार अनलाइनका लागि संवाददाता तथा सूर्योदय टेलिभिजनको प्रधान सम्पादकका रुपमा काम गर्छन् ।

प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार  १० : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]