श्री विराट आ.वि. का शिक्षक, कर्मचारी, बाल शिक्षक , आया (केयरटेकर) को प्रेस विज्ञप्ति
श्री विराट आ.वि. को नामबाट मिति २०७८ चैत २८ गते प्रकाशित विज्ञप्ति प्रअ. श्री बद्रीप्रसाद बाँस्कोटाले आफु विदामा बसिरहेको र प्रशासनिक कार्यका लागि निमित्त प्रअ श्री भद्रकला प्रसाईलाई जिम्मेवारी सुम्पिएको समयमा विद्यालय व्यवस्थापन समितिको अनुमती नलिई विद्यालयको लेटरप्याड प्रयोग गरि गैर अभिव्यक्ति सहित आएको विज्ञप्तिप्रति हामी श्री विराट आ.वि. परिवार घोर आपत्ति व्यक्त गर्दछौँ ।
विर्तामोड नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक , बाल शिक्षक, आया तथा कर्मचारीहरुले गत फागुन महिनाको तलब खाई सक्दा पनि हामी यस श्री विराट आ.वि. का शिक्षकहरुलाई तलब निकासा नभएपछि चैत २८ गते सम्पूर्ण शिक्षक, बाल शिक्षक, आया तथा कर्मचारीहरुले आफ्नो मासिक तलब लिन पाउ भनि विद्यालयको प्रशासनिक कक्षमा ताला लाउन बाध्य भएपछि विभिन्न संचार माध्यमहरु आएर समाचार लिई प्रसारण गरेको व्यहोरा भ्रामक र कपोकल्पित नभएर तथ्य प्रमाणमा आधारित हुन् भनी स्पष्ट गराउन चहान्छौँ । उक्त समाचार सम्बन्धित सरोकारवाला तथा संस्थासँगको प्रत्यक्ष भेटवार्ता तथा तथ्यमा आधारित छ ।
यस विद्यालयमा कार्यरत आया (केयरटेकर) हरुको तलब माघ महिनादेखि नपाएको तथा मासिक रुपमा पाउँदै आएको शिक्षक कर्मचारी, बाल शिक्षकको तलब फागुन महिनाबाट नपाइएको र निकासाको बाटो नखोजी विभिन्न बहाना बनाई विद्यालयमा उपस्थित नभई विद्यालयको शैक्षिक पाटो समेतलाई असर पु¥याइ रहेको कुरा अहिले पनि जग जाहेर नै छ । शिक्षकहरु विद्यालयका सम्बन्धित निकाय वि.व्य.स. प्रशासन, नगर शिक्षा, वडा कार्यालयमा हाम्रा आफ्ना समस्या लिखित र मौखिक पटक–पटक अवगत गराएका छौँ । साथै उक्त निकायबाट पनि प्र.अ. बद्रीप्रसाद बास्कोटालाई विद्यालयको आर्थिक तथा शैक्षिक पाटोको अन्योलता समाधान गर्न मौखिक तथा लिखित जानकारी गराउँदा पनि वहाँले अटेर गरी हाल चैत १६ गतेबाट विदामा रहनुभएकोले हामी शिक्षकहरुले बाध्य भई आफ्नो पाउने अधिकारलाई प्राप्त गर्न विद्यालय प्रशासनमा तालाबन्धी गरेका हौँ । यसको उदेश्य विदालय प्रशासन प्र.अ. आएर चाडो निकास आओस्, आउँदै गरेको विद्यार्थीको वार्षिक परीक्षा पनि सहज रुपमा संचालन हुने वातावरण बनोस् भनेर हामीले प्रशासनलाई दबाब स्वरुप गरेका हौँ ।
विद्यालयको आयव्यय २०७६-७७ र २०७७-७८ सालको सा.ले.प. तथा आ.ले.प. हालसम्म पनि बुझाउनुपर्ने निकायमा नबुझाएको र यो कार्य गर्न प्र.अ. स्वयम्ले नचाहिरहेको कारण शिक्षक कर्मचारीको तलब रोकिएको जानकारी सम्बन्धित पक्षबाट आइरहँदा वहाँ विद्यालयमा आएर आफ्नो जिम्मेबारी निभाउनुको सट्टा अन्य शिक्षकहरु, वि.व्य.स., पि.टी.ए. लाई पनि नमानी नहेरिकन विज्ञप्तिमा शिक्षकहरु श्री रंगलाल न्यौपाने, श्री इन्द्र प्रसाद बास्कोटा तथा अन्य शिक्षकहरुबाट वहाँलाई निन्दनीय कार्य भएको भनि आएको कुरा हाम्रो कल्पना भन्दा बाहिरको र मनगणन्ते कुरा भएको स्पष्ट गर्दछौँ ।
साथै वहाँलाई कालो मोसो दलेको भन्ने कुरा एकदमै असान्दर्भिक र कलोकल्पित भएको स्पष्ट गर्दछौँ । विद्यालयको आर्थिक कारोबारमा कसैले हक दाबी नगरेको र विद्यालय व्यवस्थापन समितिले वहाँको आर्थिक गतिविधि बुझी बरु थप १ जना शिक्षकलाई आर्थिक पाटोमा सहयोग गर्न निर्णय गरि दिएता पनि वहाँलाई कुनै दायित्व समेत नदिई आफ्नो मनोमानी तरिकाले आर्थिक गतिविधि गरेको कुरा विद्यालयमा जगजागरै छ ।
केहि समयअघि विधालयको प्रशासन कक्षभित्र मैले विदाको जानकारी स्पष्ट पाइन भन्दा आफ्नै सहकर्मी शिक्षक श्री इन्द्रप्रसाद बाँस्कोटालाई मुक्का प्रहार गरि घाइते विरामी बनाउने प्रअ बद्री बाँस्कोटा, अराजक कि विधालय सुधार गरेर लिएर जानुपर्छ भन्ने शिक्षकहरु अराजक हो ? यो कुरा सम्बन्धित ठाउँमा आएर अध्ययन गर्दा स्पष्ट हुन्छ । उहाँलाई कुनै पनि व्यक्तिको नाम प्रकाशित गरि व्यक्तिगत कुराको विवरण दिने कुनै अधिकार छैन । आफ्ना सहकर्मीको टिकाटिप्पणी गर्नुअघि प्रअ आफ्नो कुरा उहाँ जति विधालयमा सरुवा जानुभयो र कसरी त्यहाँबाट विदा हुनुभयो , यहि इतिहास पल्टाए पुग्छ । प्रअ बाँस्कोटा श्री विराट आविको प्रशासन भएकाले उहाँ आफ्नो तथा अरुको व्यक्तिगत विवरण दिई सञ्चार माध्यममा आलोचित बन्नुभन्दा आफ्नो कामको स्वच्छ विवरण पेश गरि विधालय परिवार तथा विधार्थीको भविष्यप्रति चिन्तित भई कार्यक्षेत्रमा आइ आफ्नो समस्याको समाधान गर्नुहोस् । यो हाम्रो पेशा मर्यादाको चुनौति हो भन्न चहान्छौं ।
आफ्नो कर्तव्य , दायित्व निर्भाह नगरी विधालयलाई अनिर्णयको बन्दी बनाउने अधिकार प्रअ बाँस्कोटा तथा अरु कसैलाई पनि छैन । तसर्थ , आफ्नो पेशा तथा पदीय पर्यादा कायम गरि व्यक्तिगत आक्षेपहरुबाट पर गई विधालयको वातावरण सुधार गर्नुहोस् । ताकि, यो विषय विधालय र हामी पेशाकर्मीहरुको मर्यादाभित्रको कुरा हो । विभिन्न बहानामा विधालय उपस्थित नभई विदा बसेर यस्ता कपोकल्पित कुरा नगरि समस्या समाधान तर्फ अघि बढ्न शिक्षक परिवार यसै विज्ञप्ति मार्फत प्रअलाई अनुरोध गर्दछौं ।
साथै, यस विधालयमा विधालयसँग सरोकार राख्ने सम्पूर्ण सरोकारवाला निकायहरुबाट पनि सहि समस्या बुझि समयमै समाधानका लागि सहयोग गरिदिुनहुन यसै विज्ञप्ति मार्फत अपील गर्दछौं ।
शिक्षक, कर्मचारी, बाल शिक्षक , आया (केयरटेकर)
श्री विराट आधारभुत विधालय
बिर्तामोड–१०, झापा