जेष्ठ ५, २०८२ आईतबार

हामी छैटौं वर्षमा

प्रकाशकीय
आम नागरिकको सूचनाको भोक मेट्टाउने उद्देश्यले शुरुआत भएको इजलास दैनिक आजबाट छैटौ वर्ष प्रवेश गरेको छ । तपाई प्रिय पाठक वर्गको सद्भाव र सहयोगले पाँच वर्षको यात्रामा पुरा गरेका छौं । संविधानले संघीय संरचनाको व्यवस्था गरेर पहिलो पटक स्थानीय तहको निर्वाचन ०७४ मा गरेको थियो । सोही वर्षको बैशाख १ गतेबाट प्रकाशन शुरु गरिएको इजलास दोस्रो पटकको निर्वाचनको पूर्वसन्ध्यामा वार्षिकोत्सव मनाइरहेको छ । यो पाँच वर्षको यात्रा पुरा गरेर छैटौ वर्ष प्रारम्भ गरेको सुखद् अवसर यहाँहरु माझ खुशी बाँढ्न चहान्छौं ।

सूचना तथा संचार लोकतन्त्रको जग हो । यसको भूमिकाबाट लोकतन्त्र बलियो हुने हो । हामीले सूचना पस्कदै गर्दा लोकतन्त्र मजबुद गर्ने गरि गरेका छौं या गर्न सकिरहेका छैनौं त्यो पाठकको मुल्याङकनको जिम्मामा छ । पाठकको सल्लाह, सूझावबाट नै सञ्चालित इजलास फेरि निर्वाचनमा सक्षम जनप्रतिनिधिको निम्ति खवरदारी गर्ने ठाउँमा आइपुगेको छ । यसअघिको निर्वाचनमा पनि हामीले आम मतदातालाई सक्षम, योग्य व्यक्तिलाई मात्रै उम्मेद्वार बनाउन र विजयी गराउन खवरदारी गरेका थियो । र, फेरि पनि गर्नेछौं ।

हामी खुल्ला रुपमा भन्न चहान्छौ, लुकाउनुपर्ने विषय छैन । अहिलेको समय भनेको अनलाईन मिडियाको हो । त्यै पनि हामी अखवारिय काम छोडिरहेका छैनौं । आम पाठकको माग अनुसार यस इजलास दैनिकको अनलाईन पत्रिका समेत सञ्चालन गरिरहेका छौं । दुवै माध्यमबाट सूचना दिने हाम्रो प्रयास जारी नै रहनेछ । जबसम्म तपाई पाठक वर्गको सद्भाव र सहयोग रहन्छ, तबसम्म हाम्रो यात्रा रोकिनेछैन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना महामारीले हामीलाई अझै उठ्न दिएको छैन । तथापि, घिस्रिने हिम्मत राखेर नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्ने संकल्पबाट पछि हट्न सकेका छैनौं । कोरोना महामारीको प्रभावले ९० प्रतिशत स्रोत गुमाउनु परेको छ । १० प्रतिशतको विज्ञापन बजारले धान्न मुस्किल भइरहे पनि नागरिकप्रतिको सामाजिक उत्तरदायित्वबाट भाग्न सक्दैनौं ।

अन्त्यमा, पाँच वर्षको कठिन यात्रामा साथ सहयोग, सद्भाव व्यक्त गर्नुहुने तपाई विज्ञापनदाता, शुभचिन्तकप्रति विशेष आभार प्रकट गर्दछौं । आगामी दिनमा थप साथ, सहयोगको अपेक्षासहित सूचनाको भोक मेट्टाउने , कुरिती, कुसंस्कार र भ्रष्टाचार विरुद्ध सशक्त आवाज बुलन्द गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
नारायण प्रसाद पोखरेल
अध्यक्ष

प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]