जेष्ठ १, २०८२ बुधबार

केन्द्रको गठबन्धन जिल्लामा अस्वीकार

काठमाडौं– केन्द्रमा शेरबहादुर देउवा सरकार जोगाउन गठबन्धनकारी दलले तालमेलको निर्णय गरे पनि जिल्लामा धमाधम अस्वीकार हुन थालेको छ ।

रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय अनुगमन समितिले तालमेल सम्भव नहुने निष्कर्ष निकाल्न थालेको छ । त्यसो त खुमलटारमा शुक्रबार मात्रै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या देखिएको बताउनुभएको थियो ।

केन्द्रबाट गठबन्धनका दलहरुविरुद्ध नकारात्मक टिप्पणी नगर्नसमेत निर्देशन जारी भइरहँदा जिल्ला भने पाँच दलले सँगै चुनाव लड्नै नसकिने निर्णय नै गर्न थालेका छन्।

तराईका जिल्लामा कांग्रेसले एकलौटी दाबी गरेपछि जनता समाजवादी पार्टीले तालमेल अस्वीकार गरेको छ । जनता समाजवादीले बिहीबार बाँकेमा कांग्रेससँगको गठबन्धनबाट बाहिरिने निर्णय गर्दै नेपालगञ्ज उपमहानगरपालिकासहित चारवटा तहमा आफ्ना उम्मेदवार तय गरिसकेको छ।

संखुवासभामा ताममेल अस्वीकार गर्दै कांग्रेले एक्लै लड्ने निर्णय गरेको छ । खासगरी डा. शेखर कोइराला निकट सभापति रहेका जिल्लामा गठबन्धन अस्वीकार गर्ने क्रम सुरु भएको छ । मोरङ कांग्रेसले माओवादी केन्द्रलाई एउटा पालिकाको नेतृत्व दिनसमेत अस्वीकार गरेपछि कांग्रेस इतरको गठबन्धन प्रयास भएको छ ।

ताप्लेजुङमा जसपाले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । जसपाले ताप्लेजुङमा नेकपा एमालेसँग चुनावी तालमेलको विषयमा छलफल थालेको छ।

डोल्पामा स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय नै त्यहाँका तीन दलले शुक्रबार गरेका छन्।

स्थानीयतहमा भागबण्डा बसेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित सत्ता गठबन्धनको बैठकमा सहमति हुन नसक्दा गठबन्धन टुट्ने भएको हो।

ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकामा कांग्रेसले अन्य दललाई छाड्न अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]