झापाको गठबन्धनमा सहमति जुटेन
बिर्तामोड । भागवन्डामा सहमति नभइरहेको बेला झापामा सत्तारुढ पाँच दलीय गठबन्धनले चार सदस्यीय कार्यदल गठन गरेको छ ।
गठबन्धनभित्र सहमति हुन नसकेपछि उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन कार्यदल गठन गरिएको हो ।
जिल्लामा कांग्रेस, माओवादी र समाजवादीको आ–आफ्नै दावी अडानले सहमति भइरहेको छैन । माओवादीले समाजवादीभन्दा धेरै दावी गरिरहेको र समाजवादीभन्दा आफुहरु शक्तिशाली रहेको भन्दै माओवादीले गरिरहेको दावीका कारण सहमति जुट्न सकेको छैन ।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि वराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् । गठबन्धन दलका जिल्ला स्थित शीर्ष नेताहरुको शनिवार बिर्तामोडमा सम्पन्न बैठकले १० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको छ भनिएको छ । सो निर्णय भने सार्वजकि गरिएको छैन । कार्यदलले वाँकी पालिका र वडा तहको सहमति रातभरिमा सम्पन्न गरी आज विहान बैठक वस्ने गठवन्धन दलको वैठकमा प्रस्तुत गर्ने भएको छ ।