झापामा गठबन्धनबाट बाहिरिदै काङ्ग्रेस, कार्यकर्ता उत्साहित
बिर्तामोड । नेपाली काङ्ग्रेस झापाले आफ्ना कार्यकर्तालाई रुखमा मतदान गर्न तयारी रहनका लागि आग्रह गरेको छ । झापा काङ्ग्रेसका सचिब कृष्ण हुमागाईले काङ्ग्रेसले बोल्ड निर्णय गर्ने तयारी गरेको सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।
गठबन्धनभित्र तीब्र खटपट बढेपछि काङ्ग्रेसका नेताहरुले सार्बजनिक रुपमै एक्लाएक्लै चुनाबामा जाने अभिव्यक्ति दिन थालेका छन् । आज बिहान मात्रै एक टेलिभिजनमा अन्तर्वार्ता दिदै काङ्ग्रेस झापाका सभापति देउमान थेवेले गठबन्धनभित्र रहेका अन्य दलहरुले अब्यवहारिक माग गरेका कारण अघि बढ्न नसकिने संकेत गरेका थिए ।
काङ्ग्रेस कार्यकर्ताको व्यग्र चहाना र इच्छा बमोजिम एक्लै चुनाबमा गएर रुखमा मतदान गर्ने तयारी गर्न नेताहरुले आग्रह गरेका छन् । झापामा गठबन्धन भित्र ठुलो शक्ति रहेको काङ्ग्रेसले नै पालिकामा प्रमुख/ उपप्रमुख नपाउने अवस्था बनेपछी चिडिएको छ । झापाका सभापति थेवे भन्छन् – सबै पालिकामा माओवादी र समाजबादीको माग छ । साना दललाई पनि केही ठाउँ दिनैपर्यो, हामी चै खाली हात हुने कुरा हुदैन ।
समाजबादी र माओबादीले १० पालिका दाबी गरेपछि काङ्ग्रेस गठबन्धनबाट बाहिर निस्किन अन्तिम तयारीमा छ । अनौपचारिक रुपमा बाहिरिएको बताए पनि आजै औपचारिक निर्णय गर्दै काङ्ग्रेस गठबन्धनबाट बाहिरिने बुझिएको छ । काङ्ग्रेस गठबन्धनबाट बाहिरिने खबरले काङ्ग्रेस कार्यकर्ता हर्षित भएका छन् ।