झापामा कांग्रेस र माओवादीको घमण्डले केहि सहमति हुन सकेन : सिग्देल
बिर्तामोड । नेकपा समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले झापामा गठबन्धनभित्र कुनै पनि सहमति हुन नसकेको बताएका छन् । उनले कांग्रेस र माओवादीको घमण्डका कारण सहमति जुट्न नसकेको प्रतिक्रिया दिए । आइतवार विहान बसेको बैठक विना निष्कर्ष टुङ्गिएको सिग्देलको भनाई छ ।
झापाका सबै उपमेयर र उपाध्यक्ष माओवादीले दावी गरिरहेको छ, सिग्देलले भने – मतभारका आधारमा बढि मत ल्याएका वडाहरु समेत माओवादीले मागेपछि सहमति हुन सकेको छैन । उनले नेकपा समाजवादीको ठुलो अपेक्षा समेत नभएको प्रतिक्रिया दिएका छन् । हाम्रो धेरै अपेक्षा छैन, कांग्रेसले माओवादीलाई व्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको छ, उनले थपे ।