झापा ट्राफिकको प्रमुखमा जबेगु
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा अशोक कुमार जबेगु हाजिर भएका छन् । प्रहरी प्रधान कार्यलयको भण्डारण शाखाबाट आएका जबेगुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले स्वागत गरिसकेको छ ।

सो कार्यालयका प्रमुख निषेश चापागाईं प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् । उनी १ वर्ष झापा बसेर बिदाई भएका छन् । चापागाईं प्रहरी प्रधान कार्यालयको परिचालन शाखामा सरुवा भएको जानकारी दिए ।
हाजिर भएका प्रमुख जबेगुले कार्यालयमा उपस्थित भएर मातहतका इन्चार्जहरुलाई सडक सुरक्षामा विषेश ख्याल गर्न निर्देशन दिएका छन् । उनले नागरिकको जिउज्यान सुरक्षामा प्रतिबद्ध हुन इन्चार्जहरुलाई निर्देशन दिए ।
यस्तै, संचारकर्मीसगको भेटमा जबेगुलाई बिर्तामोडको पार्किङ ब्यवस्थापनमा ख्याल गर्न सुझाब दिइएको छ । उनले सबैको सहकार्यमा ब्यवस्थापन मिलाउने प्रतिबद्धता जनाएका छन् ।