जेष्ठ ४, २०८२ शनिबार

एमालेको घोषणापत्र अनुमोदन

बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको गुरुङले बतउनुभयो । बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]