बिर्तामोडको मेयरमा पाँच जनाको उम्मेद्वारी दर्ता, एक स्वतन्त्र
बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयरमा चार वटा राजनीतिक दलको तर्फबाट उम्मेद्वारी दर्ता भएको छ । एक जना व्यक्तिले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । हालसम्म ५ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेको बताइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडका अनुसार एमालेबाट मेयरमा पवित्रा देवी महतारा, उपमेयरमा नगेन्द्र संग्रौलाले उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा धु्रवकुमार उप्रेती र उपमेयरमा रञ्जु प्याकुरेलले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, मौलिक जरोकिलो पार्टीका तर्फबाट मेयरमा प्रज्वल अधिकारी शर्मा र उपमेयरमा रिता देवी निरौलाले उम्मेद्वारी दर्ता गराएका छन् ।

मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट मेयरमा राज कुमार लावती र रिता देवी शेर्माले उपमेयरमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नगेन्द्र अधिकारीले मेयर पद्मा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । समाचार तयार गर्दासम्म अन्य दलले मेयर÷उपमेयरमा उम्मेद्वारी दर्ता गराएका छैनन् । उम्मेद्वारी दर्ता भोलीसम्म चल्नेछ ।