मुक्ति समाज झापाको ९ औं अधिवेशन तयारी पुरा
बिर्तामोड । नेपाल उत्पीडित जातीय मुक्ती समाज झापाको ९ औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।
मुक्ति समाजको ९औं जिल्ला अधिवेशन असार १ र २ गते बिर्तामोडस्थित आदर्शव्याङक्वेटमा हुने सचिव हर्कमाया विश्वकर्माले जानकारी दिइन् ।
आज सम्पन्न जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको सबै तयारी पुरा गरेको जनाएको छ । सो अधिवेशनले नयाँ नेतृत्व चयन गरेर जाने सचिव विश्वकर्माको भनाई छ ।

अधिवेशनमा आयोजकसहित २६० जना प्रतिनिधिहरु सहभागी हुने छन् । मुक्ति समाजका सहसचिव तिलक गजमेरका अनुसार आयोजक १०६, जिल्लाका सबै वडाबाट जम्मा १३१, विधार्थीबाट १० र ५ प्रतिशत मनोनित १३ जना गरेर २६० जना प्रतिनिधि सहभागी हुने छन् ।
अधिवेशनको क्रममा झापाका १३१ वडामा निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा दलित आन्दोलन र आगामी कार्यदिशाका बृहत छलफल हुने बताइएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इञ्जार्ज अग्नि खरेलको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।