जेष्ठ ४, २०८२ शनिबार

छुवाछूत अन्त्य गर्न सबै समुदायको उत्तिकै भूमिका हुनुपर्छ : खरेल

विर्तामोड । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको ९ औं जिल्ला अधिवेशन सुरु भएको छ । झापाको विर्तामोडमा मुक्ति समाजको जिल्ला अधिवेशन शुरु भएको हो ।

झापा जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी खरेलले जातीय भेदभात तथा छुवाछूत अन्त्य गर्न सबै समुदायको उत्तिकै भूमिका हुने बताएका छन् । उनले दलित मुक्तिको आन्दोलन साझा आन्दोलनका रुपमा अगाडि बढाउनु पर्ने बताए । नेता खरेलले हरेक नागरिकको मनमस्तिष्कमा परिवर्तन नआएसम्म विभेदको समस्या पूर्ण रुपमा नहट्ने बताए । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मान्छेको मानसिकता बदलिनुपर्ने धारणा राखे ।

संविधान तथा कानुनले जातीय विभेद दण्डनीय भनेको छ । तर अहिले पनि त्यस्तो विभेद समाजमा यथावत छ । केही सुधार भने नभएको होइन । तर अपेक्षित सुधार हुन नसकेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला अग्नि खरेलको भनाइ छ ।

नेपालको संविधान २०७२ र त्यसपछि बनेका कानुनले नेपालमा जातीय विभेदलाई दण्डनीय मानेको छ । तर बर्षौंदेखि जरा गाडेको जातीय विभेद पूर्ण अन्त्य हुन सकेको छैन ।

जातीय मुक्ति समाजको जिल्ला सम्मेलनमा संगठनका केन्द्रीय सचिव सोमनाथ पोर्तेल, पार्टीका झापा सहइञ्चार्ज रविन कोइराला लगायतले सम्बोधन गरेका थिए ।

सो अधिवेशनमा झापाका १५ स्थानीय तहबाट २ सय ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । बुधबार शुरु भएको जिल्ला अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने बताइएको छ । सहमतिबाट नेतृत्व चयनका लागि मुक्ति समाजका नेताहरुले जोड गरिरहेका छन् । यस्तै, सोही कार्यक्रमको अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : असार २, २०७९ बिहीबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]