जेष्ठ ४, २०८२ शनिबार

एसपीपी ओली नेतृत्वको सरकारले स्वीकृत गरेको होइन : नेता खरेल

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एसपीपी सम्झौता राष्ट्रघाती हुने बताएका छन् । उनले एसपीपी बारे झापामा पत्रकारसँग कुरा गर्दै गठबन्धन सरकारले आफुमाथिको दोष एमालेमाथि खन्याउने प्रयास गरेको बताए ।

असंलग्न परराष्ट्र नीति र अन्तराष्ट्रिय सम्बन्धलाई नै तलमाथि हुने गरी सम्झौता तयारी गरेको गठबन्धन सरकारले राष्ट्रलाई कमजोर बनाउने खेल शुरु गरेको उनको आरोप छ । नेता खरेलले पटक–पटक प्रधानमन्त्री हुँदा राष्ट्रहित विपरित काम गरेका शेरबहादुर देउवा फेरि सोही प्रकारको काममा सक्रिय रहेको बताएका छन् । उनले एसपीपी सम्झौता केपी शर्मा ओलीको पालामा स्वीकृति नभएको स्पष्ट पारेका छन् ।

??????

ओली नेतृत्वको सरकारले त्यस सम्बन्धमा २०१९ मा कार्यदल नै बनाएको थियो । कुटनीतिक दृष्टिले कार्यदल बनाउनु भनेकै अस्वीकार गर्नु हो, नेता खरेलले भने – एसपीपी एमालेले अस्वीकार गरेको विषय हो । एसपीपी सम्झौताले जनताको हित नगर्ने भन्दै उनले यसलाई सम्झौता नगर्न आग्रह गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका खरेलले प्रधानमन्त्री देउवाले स्पष्ट रुपमा जनतालाई एसपीपी सम्झौता गर्दिन भन्नुपर्छ । प्रधानमन्त्री अमेरिका जानुअघि जनताका सामु प्रतिवद्धता गरेर मात्रै जानुपर्ने उनको धारणा छ ।

आम जनताले अस्वीकार गरिरहेको विषयलाई सरकारले गम्भीर रुपमा लिई अघि बढ्नुपर्ने खरेलको सूझाव छ । सोही क्रममा उनले संघीय सरकारले प्रदेश १ मा बजेट कटौती गरेर विकास नै अवरुद्ध गरेको बताएका छन् । उनले प्रदेश १ मा गठबन्धनका नेता, प्रतिनिधिसभा सदस्यहरु समेत रहेको संकेत गर्दै भने – ‘यहाँ एमाले मात्र होइन, सबै नेता कार्यकर्ता, सर्वसाधारण जनता रहेको हेक्का रहोस् । प्रदेश १ प्रति बक्रदृष्टि राख्नुपर्ने जरुरी छैन ।’

अर्थमन्त्री जनार्दन शर्माप्रति टिप्पणी गर्दै करको दर घटबढमा आर्थिक अपराध गरेको दावी गरे । यसबारे अझै जनताले जवाफ खोजी रहेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

यस्तै, स्थानीय तह निर्वाचनमा झापा जिल्लाले प्राप्त गरेको परिणाम सन्तोषजनक रहेको बताए । उनले गठबन्धन र महागठबन्धनका बिच प्राप्त गरेको परिणाम एमालेका लागि सन्तोषजनक छ, उनले भने – गठबन्धन थिएन भने झापामा एमालेले १२ भन्दा बढि पालिका जित्ने थियो । दुनियामा नभएको प्रतिपक्षी विरुद्धको गठबन्धनका कारण एमालेले परिणाममा थोरै क्षति व्यहोर्नु परे पनि जनमत राम्रो पाएको बताए ।

प्रकाशित मिति : असार २, २०७९ बिहीबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]