झापा जेलभित्र मलाई पाइप र बाँसले कुटियो : आशा
बिर्तामोड । झापा कारागारभित्रबाट बाहिरिएको एउटा हस्तलिखित पत्रले जिल्लामा तरंग मच्चाएको छ । प्रशासनको संरक्षणमा कारागारभित्र भइरहेको अवैध धन्दा र अमानवीय क्रियाकलाप बारे सिडियोलाई जानकारी गराउन लेखिएको पत्रले कैदीवन्दीहरु अन्यायमा परेको खुलासा भएको छ ।
सो पत्रमा उल्लेखित एक जना पीडित आशा उपे्रती अहिले कैदभुक्तान गरेर बाहिर आइसकेकी छन् । उनले कारागारभित्र महिलाहरु अन्यायमा परेको साँचो भएको बताएकी छन् । महिला सेलमा नाइकेहरुले महिला कैदीमाथि ठुलो अन्याय गरिरहेको र आफुले समेत भोग्नु परेको सुनाइन् ।
इजलाससित कुरा गर्दै भनिन्, म ७ महिना कारागारभित्र बसे । ७ महिनामा ३ पटक निर्घात कुटपिट भयो । विभिन्न आरोप लगाउँदै आफुमाथि कुटपिट गरियो । गल्ती नगरी बसेका महिलाहरुमाथि महिला कारागारभित्रका नाइकलेहरुले माया मारेर कुटपिट गर्ने गरेका छन् ।
आशालाई पाउजु चोरीको आरोपमा एक पटक कुटिएको थियो । नुहाउने ठाउँमा नाइकेहरुको पाउजु छुटेको रहेछ । मलाई त पाउजुको चासो पनि भएन । नुहाएर निस्किए, म । पछि मलाई नै चोरीको आरोप लगाएर कुटियो । भित्र डरलाग्दो अवस्था छ, उप्रेतीले भनिन् – प्लाष्टिकको पाइप र बाँसले कुटिन्छ । कमला मास्के, लक्ष्मी राईहरुले समूह छ । सबैलाई कुटपिट गर्ने उनीहरु नै हुन् । भित्र रक्सी, चुरोट भित्राउने कुरा पनि साँचो भएको उनको भनाई छ ।
कारागारमा नाइकेहरुका कारण कैदीवन्दीहरु ज्यान जोगाउन मुस्किलले बसेको सा पत्रमा उल्लेख छ । बुहविवाह मुद्दामा कारागार पुगेकी आशाले परिवारलाई कारागारमा आफुमाथि धेरै कुटपिट भएको जानकारी गराउदा फेरि कुटिएको थियो ।
यो पनि पढ्नुहोस् : झापा जेलबाट एक महिला कैदीबन्दीको हारगुहार : हामी वर्षौ कसरी बाँच्नु ?