जेष्ठ ५, २०८२ आईतबार

सर्बदलीय बैठकमा मेयरमाथि दुर्व्यवहार, एमाले बिर्तामोडका अध्यक्षमाथी हातपातको प्रयास

बिर्तामोड । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथी हातपातको प्रयास भएको छ । बिर्तामोड नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्बदलीय बैठकमा बिर्तामोड उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरप्रमुख पबित्रा महतरा प्रसाईंमाथी दुर्ब्यवहार र एमाले अध्यक्ष भट्टराईमाथी हातपातको प्रयास गरेका छन् ।

बुधबारे हटियाका ब्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राखदै संघका केही ब्यक्ती आन्दोलित छन् । सोही बिषयमा छलफल चलिरहेको बेला नगर प्रमुख महतरा बोल्ने क्रममा न्यौपानेले जुरुक्क उठेपछि उनलाई एमाले अध्यक्ष भट्टराईले बसेर मेयरको कुरा सुन्न आग्रह गर्दा भट्टराईमाथी न्यौपाने जाइलागेका थिए । वरपर बसेका अन्य ब्यक्ती र प्रहरीले हातपात हुनबाट बचाएका छन् ।

बुधबारे हटियामा नियम बिपरित बसेका ब्यापारीलाई मिटर दिने कुरा बृहत छलफल जरुरी भएको भन्दै नगरले छ्लफल प्रारम्भ गरेको थियो । मेयर प्रसाईले जग्गादाता समेत राखेर छलफल गर्न आवश्यक छ भनेपछी संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तुरुन्त जडान हुनुपर्ने माग राखेका थिए ।

हप्तामा एक दिन मात्रै बजार लगाउन दिईएको भन्दै अनारमनीका पूर्व अध्यक्ष हर्कलाल गिरीले ब्यक्तिको नाममा मिटर दिन नमिल्ने बताएका छन् । उनले सो निर्णयमा जग्गादाताको समेत सल्लाह लिनुपर्ने बताए ।

यो आन्दोलनमा बाणिज्य संघका सबै पदाधिकारी र सदस्य सहभागी छैनन् । अध्यक्षका लागि तयारी गरिरहेका न्यौपानेले अकस्मात आन्दोलनको नेतृत्व गर्दा ब्यापारीलाई प्रभावित बनाउने खोजेको बिर्तामोडमा चर्चा छ ।

प्रकाशित मिति : असार ६, २०७९ सोमबार  १२ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]