बुधबारे हटियाका ७० व्यवसायीसँग मात्रै नगरको सम्झौता
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको बुधबारे हटियामा रहेको स्टल आफुखुशी विक्रि वितरण गर्ने गरेको पाइएको छ । नगरपालिकाले निर्माण गरेको स्टलहरु व्यापारीले आफुखुशी लाखौं रुपैयाँमा विक्रि गर्दै आएका छन् । कतिपयले विक्री गरेर नगरपालिकामा नामसारीका लागि निवेदन समेत दिएका छन् ।
नगरपालिकाले ०७० सालमा निर्माण गरेका ७० स्टलमा सम्झौता गर्दाका व्यापारी अहिले धेरैजसो नभेटिने गरेको बताइएको छ । आधाभन्दा धेरै व्यवसायीले ०७८ कात्तिकसम्म भाडा बुझाएको नगरको राजश्व शाखाले जनाएको छ । बाँकी व्यापारीहरुले धेरै समयदेखि भाडा समेत बुझाएका छैनन् । बजार व्यवस्थापन गर्ने तयारी गरिरहेको नगरपालिकाले पछिल्लो वर्षको भाडा उठाएको छैन ।
स्टल निर्माण गरेपनि नगरपालिकाले निम्न व्यवसायीहरुलाई मात्रै स्टल सम्झौता गरेर भाडामा दिएको थियो ।


१२ सय ५० देखि २२ सय ५० सम्म मासिक भाडा लगाएको नगरपालिकाले २-२ वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने गरेको छ । भाडामा आउने रकममध्ये आधा धरौटीबाट काट्ने र आधार रकम बुझाउनु पर्ने व्यवस्था छ । सम्झौतामा नगरपालिकाले हटाउन चाहेको बेला व्यवसायीले छोड्नुपर्ने उल्लेख छ ।
७० वटा स्टल बाहेक अन्य टहराहरुका बारेमा नगरपालिका बेखवर भएको जनाएको छ । राजश्व शाखाका अनुसार सम्झौता गरेका व्यापारी बाहेक केहि जानकारी छैन । बुधबारे हटियामा ७० भन्दा धेरै टहरा आफुखुशी निर्माण गरेको नगरपालिकाले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।