जेष्ठ ५, २०८२ आईतबार

नेकपा (एस) का मन्त्रीहरुको सपथ आज

काठमाडौ- हिजो नियुक्त भएका नेकपा एसका मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले आज शपथ लिन लागेका हुन् ।

आइतबार साँझ देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्री नियुक्त गरेका थिए । उनीहरूको शपथ समारोह बिहान ११ बजे शीतल निवासमा हुने तयारी छ ।

प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]