जेष्ठ ९, २०८२ बिहीबार

चितवन, सुनसरी र झापामा खतराको तह पार

काठमाडौं । मौसम बदली भई देशभर पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही ठाउँमा वर्षाले खतराको तह पार गरेको छ ।

देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको छ । विभागको मापन अनुसार कास्की, सुनसरी, चितवन र झापामा भारी वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२।८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

कास्कीका साथै चितवनको शक्तिखोरमा २४ घण्टामा १९५।६ र १२ घण्टामा १८२।६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०।४ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्य वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर मौसम बदली भई वर्षा जारी रहने छ भने केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको र केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन महाशाखाले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]