जेष्ठ ९, २०८२ बिहीबार

काँकरभिट्टाबाट अवैध सुपारी बरामत, कसको भन्ने प्रहरीले खुलाएन

बिर्तामोड । झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ । तर, कसको सुपारी बरामत गरिएको भन्ने बारे केहि खुलाएको छैन । कसको साथबाट बरामत गरेको सामान्य सूचना समेत प्रहरीले सार्वजनिक गरेको छैन ।

सोमवार विहान साढे ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ दुर्गा मन्दिरस्थित नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ८७ हजार ५ सयको सुपारी बरामत गरेको हो । यस्तै, साढे ११ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोही वडाबाट ९६ हजारको अवैध सुपारी बरामत गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । बरामत गरिएको सुपारी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]