जेष्ठ १०, २०८२ शुक्रबार

१६ बोरा चिनिसहित ६ लाख ६७ हजारको अवैध सामान बरामत

बिर्तामोड । जिल्ला प्रहरीका कार्यालय झापाको टोलीले ६ लाख ६७ हजार बराबरको अवैध सामान बरामत गरेको छ । बुधबार साँझ दमकको विरिङ पुलमा चेकजाँचका क्रममा अवैध सामग्री नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा चिनि १६ बोरा, बिडि ४ काटुन, खैनी ५ बोरा र कुरमुरे ३ बोरा फेला परेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । मोरङबाट झापा तर्फ आउदैं गरेको मे.१ च.६७९० नं.को पिकअप गाडिमा उक्त सामग्री ल्याउने दमक ७ का ४१ वर्षीय नारायण बस्नेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]