प्रेस चौतारी झापाका सल्लाहकार खरेललाई पितृशोक
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सल्लाहकार तीर्थराज खरेललाई पितृशोक परेको छ । खरेलका बुबा कनकाई नगरपालिका–४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ बर्षको उमेरमा शुक्रवार बिहान निवासमै निधन भएको हो ।

लामो समयदेखि दम रोगबाट पीडित खरेललाई यसअघि बिर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी हस्पिटल हुँदै विराट नर्सिङ होममा राखिएको थियो । बिहीबार राति अवेर घर ल्याइपु¥याएका खरेलको शुक्रवार विहान निधन भएको थियो । १९९७ साल कात्तिक २० गते खरेलको जन्म भएको थियो ।
खरेलकी श्रीमती राधिकासहित तीन छोराबुहारीहरु तीर्थराज–संगीता, ईन्द्रप्रसाद–विष्णुमाया, भूमिप्रसाद–दुर्गा खरेल रहेका छन् । एक छोरी उषा (हुमा अधिकारी) र ज्वाइँ किरण अधिकारीसहित खरेलका चार नाति र तीन नातिनी रहेका छन् । खरेलका जेठा छोरा तीर्थराज पत्रकारितासँगै कनकाई माध्यमिक विद्यालय सुरुङ्गाका सहायक प्रधानाध्यापक हुन् भने युनिक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष तथा कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका छन् ।