जेष्ठ १०, २०८२ शुक्रबार

बिर्तामोडको फोहोर व्यवस्थापनको चरणमा

बिर्तामोड । साउनको पहिलो हप्तादेखि नउठेको बिर्तामोडको फोहोर व्यवस्थापनको चरणमा पुगेको छ । बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको लागि आवश्यक तयारी पुरा गरेको जनाएको छ ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले बनाएको कार्यदलले शुरुआतदेखि नै ठाउँको खोजी गरिरहेको थियो । ठाउँको खोजी गर्ने क्रममा एक महिनाभन्दा बढि समय वितेको छ ।

बिर्तामोडको फोहोर व्यवस्थापनका लागि उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा कार्यदल बनाइएको थियो । कार्यदलले एक दर्जनभन्दा बढि ठाउँमा फोहोर व्यवस्थापनका लागि पहल गरेपनि स्थानीस्थरबाटै विरोध भएपछि फोहोर उठाउन कठिनाई भएको उपप्रमुख संग्रौलाले जानकारी दिए ।

उनका अनुसार अब बिर्तामोड–८ मा फोहोर व्यवस्थापन गरिनेछ । त्यसका लागि शुक्रवारबाटै बाटो निर्माण थालिएको जानकारी दिए । फोहोर बोकेर जाने गाडि फस्न सक्ने जोखिमलाई ख्याल गरेर सडक निर्माणको काम अघि बढाइएको उनको भनाई छ । अहिलेलाई अस्थायी रुपमा फोहोरको व्यवस्थापन गर्ने नगरको तयारी छ ।

एक महिनादेखि बिर्तामोडको फोहोर व्यवस्थापन नहुँदा जताततै फोहोरको ढंगुर थुप्रिएको छ । यो फोहोर फाल्न मात्रै कम्तिमा १५ दिन लाग्ने अनुमान गरिएको छ । फोहोर नउठाएको भन्दै यहाँका नागरिकले समेत प्रश्न उठाउदै आएका छन् । डम्पिङ साइडको अभावका कारणले बिर्तामोडमा फोहोर व्यवस्थापको समस्या बर्षेनी उठ्दै आएको प्रवक्ता अग्नी पाण्डे बताउँछन् ।
कनकाईमा निर्माण भइरहेको कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जामा तीन महिनापछि फोहोरबाट उर्जा उत्पादन गर्ने तयारी गरिरहेको नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिईन् । उनका अनुसार बिर्तामोडसहित केहि पालिकाका फोहोरबाट उर्जा उत्पादन कार्य थालिनेछ । कनकाई उर्जा सञ्चालन हुनासाथ बिर्तामोडको फोहोरको समस्या समाधान हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]