जेष्ठ १०, २०८२ शुक्रबार

दुई सय ९९ सङ्क्रमित थपिए

बिर्तामोड । देशभर आज दुई सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार तीन सय ३७ परीक्षण गरिएको थियो ।

योसँगै हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार छ सय २५ पुगेको छ । आज पाँच सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । हालसम्म ११ हजार नौ सय ९२ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

होम आइसोलेशनमा चार हजार चार सय १६, संस्थागत आइसोलेशनमा दुई सय नौ, सघन उपचार कक्षमा ५३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा १८ हजार छ सय ७० ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]