जेष्ठ १०, २०८२ शुक्रबार

लोटसमा अभयाले सांगीतिक प्रस्तुति दिने

सुरुङगा । सुरुंगास्थित लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल सिजन ४ का फाइनलिस्ट विश्वास उप्रेतीको ब्यान्डले समेत संगीत प्रस्तुत गर्नेछ ।

स्थापनाको छोटो समयमै झापा जिल्ला लगायतका अन्य स्थानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोटस रिसोर्टले सांगीतिक साँझ मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने जमर्काे गरेको छ ।

१५ सयभन्दा बढीको क्षमता रहेको रिसोर्टमा कार्यक्रमको दिन भने ५ सय जनालाई मात्र प्रवेश गराउँदै सुरक्षित अनि भव्य कार्यक्रम गर्ने योजना रहेको रिसोर्टनका प्रबन्ध निर्देशक प्रशन श्रेष्ठले बताए । रिसोर्टको औपचारिक उद्घाटन भने भइनसकेको तर पछिल्लो समयमा दर्शकको मायाले यस सांगीतिक साँझलाई ‘सफ्ट आपनिङ’ बनाउन लागेको सञ्चालक प्रकाश श्रेष्ठको भनाइ छ ।

कार्यक्रमका लागि व्यवस्थापनको काम अन्तिम चरणमा रहेको रिसोर्टका अर्का सञ्चालक धिरज प्रधानले बताए । पारिवारिक वातावरणमा सांगीतिक कार्यक्रम गर्न आफूहरु तयार रहेको बताउँदै रिसोर्टका मेनेजर अभय पोखरेलले कार्यक्रमका लागि दर्शकले उल्लेख रुपमा सहभागिता जनाउन सम्पर्क गरिरहेको बताए ।

प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]