जेष्ठ १०, २०८२ शुक्रबार

प्रदिप गिरीको निधनले बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

काठमाडौ -राष्ट्रपति विद्यादेवि भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेता गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका बताएकी छन् । सामाजिक सञ्जाल लेख्दै राष्ट्रपति भण्डारीले दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले लेख्नु भएको छ ,‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]