नेफिनको अधिवेशन भदौ ११ गते
झापा । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन भदौ ११ गते बिर्तामोडमा हुने भएको छ ।
शनिबार बिर्तामोडमा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले पत्रकार सम्लेलन गरेर सातौं जिल्ला अधिवेशनको मिति सार्वजनिक गरेको हो । आगामी भदौ ११ गते बिर्तामोडको अतिथि सदनमा हुने अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने भएको नेफिन झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । नेफिन त्यसका लागि आवश्यक छलफल र तयारीमा लागेको श्रेष्ठले बताए ।
अधिवेशनमा नेफिन आवद्ध २४ वटा जातीय संघ–संगठनका तर्फबाट दुई–दुई जना प्रतिनिधिसहित पाँच हजार जनाको सहभागीता रहने बताइएको छ । अधिवेशन उद्घाटन अघि आदिवासी जनजातिको मौलिक नृत्य प्रदर्शन गरिने तथा साँस्कृतिक भेषभुषा र झाँकीसहितको र्यालीले बिर्तामोड बजार परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।