जेष्ठ १२, २०८२ आईतबार

अनेमसंघ झापाको सदस्यमा १४९ जना सर्वसम्मत, अध्यक्षमा तीनको चर्चा

बिर्तामोड । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको नवौं जिल्ला अधिवेशनले १४९ जना सदस्य सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत भएको सदस्यबाटै अध्यक्षसहित पदाधिकारी टुङ्गो लगाउने गरी अधिवेशन स्थगित गरिएको अनेमसंघ झापाले जनाएको छ ।

पूर्ण कमिटी १५१ जनाको हुने व्यवस्था रहे पनि २ जना सदस्य पहिलो बैठकबाट मनोनित गरिने बताइएको छ । पदाधिकारीमा सर्वसम्मत भए निर्वाचन नहुने अनेमसंघ झापाले जनाएको छ । अध्यक्षको उम्मेद्वार पार्टीको उपसचिव चन्द्रा श्रेष्ठले पदाधिकारी चयन गर्ने बाहेकका प्रक्रिया सम्पन्न गरेर अधिवेशन स्थगित गरेको जानकारी दिइन् ।

अनेमसंघ झापाको अध्यक्षमा श्रेष्ठसहित, संगठनको इञ्चार्ज पवित्रा पाठक र पार्टीको जिल्ला कमिटी सदस्य लिला दाहालले आकांक्षा व्यक्त गरेका छन् । ४०१ जना प्रतिनिधि रहेको अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]