जेष्ठ १२, २०८२ आईतबार

बिर्तामोडको फोहोर व्यवस्थापनमा अवरोध भएको ध्यानाकर्षण भएको छ, दुई दिनमा निष्कर्ष निकाल्छौं : सिडिओ

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिर्तामोडको फोहोर व्यवस्थापनमा भएको अवरोध बारे ध्यानाकर्षण भएको बताएका छन् । अवरोध भएपछि नगरपालिकाले प्रजिअ रिजाललाई कारवाहीका लागि आइतवार पत्रचार गरेको थियो ।

नगरले फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम आवश्यक कारवाही गरी फोहोरमैला व्यवस्थापन गर्ने कार्य सुचारु गरिदिन पत्र मार्फत आग्रह गरेको छ । नगरको पत्रपछि प्रशासनले बल प्रयोग गरेर फोहोर व्यवस्थापन गर्नेछ ।
प्रजिअ रिजालले १/२ दिनभित्र व्यवस्थापनका बारेमा निष्कर्षमा पुग्ने जानकारी दिएका छन् । उनले भने, सो वडाको वडाध्यक्षको मोवाइल अफ भएका कारण सम्पर्क हुन सकिरहेको छैन, मेयर साप पनि काठमाडौं हुनुहुन्छ । उहाँसँग बसेर छलफल गरेर निकास खोजिनेछ । अब, तत्काल यसको निकास खोज्छौं । त्यसका लागि अवरोध गर्नेहरुको गुनासो पनि सुन्नुपर्ने प्रजिअ रिजालको भनाई छ ।

भदौं २ गते भएको सहमति अनुसार बिर्तामोड नगरपालिकाले बिर्तामोड –८ मा फोहोर व्यवस्थापन शुरु गरेको थियो । जग्गाधनी, स्थानीयबासी र जनप्रतिनिधिको सहमतिबाटै फोहोर व्यवस्थापन गर्ने सहमति हुँदाहुँदै आइतवारबाट फेरि अवरोध शुरु गरिएको छ । फोहोर लिएर गएका ट्याक्टर फोहोर लिएरै फर्किएको नगरपालिकाले जनाएको छ ।

बिर्तामोड–८ बस्ने महेश सापकोटा र बिर्तामोड –१ बस्ने सुरेन्द्र नेपालको नाममा दर्ता रहेको बिर्तामोड–८ को जग्गामा फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो । सो जग्गामा फोहोर व्यवस्थापन गरे वापत जग्गाधनीको जग्गा नदि कटानबाट क्षति हुन नदिन तटबन्धन गर्ने, शिखर मार्गदेखि हर्चना खोलासम्म प्लम निर्माण गरिदिने, शिखर मार्गको बाटोमा सकडबत्ती व्यवस्था गरिदिने साथै हर्चना बरगाछीसम्म सडकबत्ती जडान गरिदिने, उक्त बत्तीको महशुल फोहोर मैला व्यवस्थापन गर्ने समयसम्म नगरपालिकाले तिरिदिने र त्यसपछि टोल विकासले तिर्ने, उक्त स्थानमा नगरले ३ महिना फोहोर मैला व्यवस्थापन गर्न पाउने सहमति गरिएको थियो । स्थानीयबासीले सहमति गरेपछि फोहोर व्यवस्थाप गर्न शुरु गरिएको बिर्तामाडका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]