जेष्ठ ११, २०८२ शनिबार

झापामा मिटरव्याजी धन्दा धेरै, उजुरी २१ मात्रै

बिर्तामोड । झापामा मिटरव्याजीबाट पीडित भएकाहरुले धमाधम उजुरी दिइरहेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि आव्हान गरेपछि पीडितहरु उजुरी लिएर प्रशासन पुगेका हुन् ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकारी सुरेन्द्र भट्टराईका अनुसार २१ जनाले उजुरी दर्ता गराइसकेका छन् । इलाका प्रशासन कार्यालय दमकबाट ७ जना र जिल्ला प्रशासन कार्यालय भद्रपुरबाट १४ जनाले उजुरी दर्ता गराएको भट्टराईले जानकारी दिए ।

मिटरव्याजीको धन्दा गर्नेहरुबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरिएको थियो । पीडितलाई मिटरव्याजीले गरेको अपराध र शोषण बारे खुलाएर उजुरी दिन भनेको थियो । जिल्ला प्रशासन, इलाका प्रशासन दमक र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिनु आव्हान गरिएको थियो । जिल्लामा मिटरव्याजीहरुको ठुलै धन्दा भएपनि उल्लेख्य मात्रामा उजुरी परेको छैन ।

प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]