जेष्ठ ११, २०८२ शनिबार

समानुपातिक निर्वाचनका लागि दल दर्ता भदौ १० देखि १२ गतेसम्म

काठमाडौ- प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलेले दल दर्ता गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्नुपर्ने जनाएको छ ।

“मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दल दर्ता गर्नुपर्नेछ,” आयोगले सूचना जारी गर्दै भनेको छ, “समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २०७९ साल भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।”

प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]