जेष्ठ ११, २०८२ शनिबार

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह

बिर्तामोड । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ ।

मन्त्रालयले आइतवार परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ । सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब र ज्यालामा विभेद गरिएकाले आन्दोलन सुरु भएको हो । परिषद्ले गत साउन २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी माग पूरा गर्न आग्रह गरेकामा समस्याको समाधानका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले बेग्ला बेग्लै विज्ञप्ति जारी गरेर परिषद्को मागप्रति सुनुवाइ गर्न माग गरेका थिए ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]