जेष्ठ ११, २०८२ शनिबार

विद्यालय कर्मचारीको आन्दोलन फिर्ता

काठमाडौं । विभिन्न माग राखेर आइतबारदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले आन्दोलन फिर्ता लिएको हो ।

सोमबार मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता लिएको हो । उनीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि विद्यालय खुल्ने भएका छन् । परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणालाई ऐक्यवद्धता जनाउँदै देशभरका करिब ९० प्रतिशत सामुदायिक विद्यालय सोमबार पनि बन्द भएका छन् ।

सोमबार भएको छलफलमा मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन स्थगित गरेको परिषदका महासचिव शान्तिनाथ योगीले बताए ।

‘आज सरकार, शिक्षक महासंघ र परिषदबीच सामान्य छलफल भयो । सरकारले वार्ता टोली गठन गरेर वार्ता गर्ने भएको छ । त्यसैले तत्काललाई हामीले आन्दोलन फिर्ता लिएका छौं’ उनले भने । अब हुने वार्तामा चित्तबुझ्दो सहमति नभए फेरि आन्दोलन थाल्ने उनले बताए ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]