जेष्ठ ११, २०८२ शनिबार

समानुपातितर्फ ७६ दलको निवेदन

बिर्तामोड । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् ।

प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन परेको छ । गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८, दलबाट ५० निवेदन परेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]