जेष्ठ ११, २०८२ शनिबार

साठी लाख अफगानी भोकमरीको जोखिममा

संयुक्त राष्ट्रसंघ । अफगान संकट गहिरिदै जाँदा त्यहाँका ६० लाख नागरिक भोकमरीको जोखिममा रहेका छन् । चरम गरिबी झेलिरहेका अफगानिस्तानका नागरिकलाई तत्काल आर्थिक सहयोग नगरे उनीहरू भोकमरीको जोखिममा पर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको हो ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसंघका प्रमुखले अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायहरूलाई अफगानिस्तानको आर्थिक विकासका लागि कोष पुनःस्थापना गर्न तथा आगामी शिशिर याम अगावै त्यहाँका अतिविपन्न वर्गलाई सहयोग गर्न तत्काल ७७ करोड डलर आवश्यक भएको जानकारी दिँदै सहायताका निम्ति अपील गरेका छन् ।
सुरक्षा परिषद्को सोमबारको बैठकमा सहायता रकम चीन वा रूस कसले व्यहोर्ने भन्नेबारेमा बहस पनि भएको छ । बैठकमा अमेरिकाले उक्त सहायता राशि कसले तिर्ने भन्ने प्रश्न गरेको थियो ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुख मार्टिन ग्रिफिथले अहिले अफगानिस्तानले मानवीय, आर्थिक, जलवायु, भोकमरी र वित्तीय धेरै सङ्कटहरूको सामना गरिरहेको बताउँदै द्वन्द्व, गरिबी, खाद्य असुरक्षालागयत अफगानिस्तानमा लामो समयदेखि दुःखद वास्तविकताबाट कोही अनभिज्ञ नरहेको स्मरण गराए । एक वर्षअघि तालिबानले सत्ता कब्जा गरेपछि उल्लेख्यरूपमा बाह्य विकास सहायता नआएपछि त्यहाँको अवस्था नाजुक बनेको वास्तविकता उनले सुनाए ।

अफगातिस्तानको आधाभन्दा बढी जनसंख्या अर्थात् दुई करोड ४० लाख जनालाई सहयोग आवश्यक भएको तथा करिब एक करोड ९० करोड सर्वसाधारण चरम खाद्य असुरक्षाको सामना गरिरहेका बताउँदै उनले परिस्थिति अझ भयावह हुने तथा पहिलेदेखि नै बढेको इन्धन र खाद्यान्नको मूल्य कठ्याङ्ग्रिने चिसोले आकाशमा पुग्ने यथार्थ अवगत गराए ।

प्रकाशित मिति : भाद्र १५, २०७९ बुधबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]