बैशाख २७, २०८२ शनिबार

पल्सर एनएस १२५ बिर्तामोडबाट सार्वजनिक गरिदैं

बिर्तामोड । भव्य सांगीतिक कार्यक्रमका बिच पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ सीसीको ग्राण्ड लन्च गरिने भएको छ ।

बजाज कम्पनीको मोटरसाइकल विक्रेता बिर्तामोडस्थित मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज वंशलले मंगलवार भव्य कार्यक्रमसहित नयाँ मोटरसाइकल सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार मोटरसाइकल सार्वजनिक गरिएसँगै विक्रीका लागि बुकिङ खुला गरिनेछ ।

बजाजले एनएस १२५ सीसीको मोटरसाइलकका सार्वजनिक नै बिर्तामोडबाट गर्न लागेको हो । बिर्तामोडको सिटी सेन्टरमा मंगलवार साँझ ५ बजे सांगीतिक कार्यक्रम सहित मोटरसाइकल सार्वजनिक गरिने पत्रकार सम्मेलन आयोजना गर्दे वंशलले जानकारी दिएका छन् ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २ लाख ८० हजार रुपैयाँ मूल्य तोकेर यसको वुकिङ खुल्ला गराएको छ । भारतीय बजारमा अघिल्लो वर्ष लन्च भएको यो मोटरसाइकल ढिलै गरी भएपनि नेपाल ल्याइएको हो ।

पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको छ । यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको छ । यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ । यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दावी गरिएको छ ।

यो वाइकको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम व्रेक जडान गरिएको छ । एविएस उपलब्ध नभएपनि यसमा कम्वाइन व्रेकिङ सिस्टम भने दिइएको छ । स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ । स्लिक हेडल्याम्प र पल्सरको टे«डमार्क हेडलाइटले वाइकलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ । यसमा ट्विन पाइलट ल्याम्प सहित हेलोजन हेडल्याम्प र एलइडी टेल ल्याम्प दिइएको छ । वाइकमा एनालग डिजिटल क्लस्टर जडान गरिएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०७९ सोमबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]