बैशाख ३०, २०८२ मंगलबार

ओलीले आज कर्णालीका तीन आमसभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन्।

हिजो सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कालिकोटको मान्मा, दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। देश दौडाहामा निस्किएका ओली हिजो राति नेपालगन्जमा बसेका थिए।

प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]