बैशाख ३०, २०८२ मंगलबार

झापासँग जोडिएको भारतीय सीमा नाका बन्द गर्ने

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरु बन्द हुने जनाएको छ ।

मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरु बन्द हुने प्रशासनले एक सूचना मार्फत सबैमा जानकारी गराएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सीमा नाका बन्द गर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]