सहारा र मेची सहकारीलाई राष्ट्रिय सहकारी महासंघको सदस्यता
बिर्तामोड । झापाको दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेका छन् । महासंघको बिहीबार बसेको बोर्ड बैठकले चारपाने, झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थालाई एसोसिएसट सदस्यता दिने निर्णय गरेको हो ।
सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४ सय ४५ कर्मचारी कार्यरत रहेका छन् । यसको कुल सम्पत्ति १० अर्ब माथी को छ । त्यसैगरी मेची सहकारीमा १३ हजार ७ सय सदस्य आवद्ध छन् भने यसको कुल सम्पत्ती करिव साढे तीन अर्ब रहेको छ ।
राष्ट्रिय सहकारी महासंघको सहयोगी सदस्यता प्रदान सम्वन्धि कार्यविधि, २०७८ अनुसार एक अर्ब भन्दा माथि कुलपुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई मात्र सहयोगी सदस्यता प्रदान गर्ने गर्दछ । संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रवद्र्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्ने गरेको महासंघका महाप्रबन्धकचित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन ।