जेष्ठ १, २०८२ बुधबार

पाँच जना ऋणीको धितो लिलामी गर्दै कर्णाली सहकारी

बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रवार संस्थाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर प्रधान, प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोसहित सञ्चालक समितिले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
तीन जिल्लाका २६ पालिकाबाट सेवा प्रदान गर्दै आएको कर्णालीले इकाइगत ७ वटा साधारणसभा सम्पन्न गरेर पुस २४ गते माइन्यूट प्रमाणिकरण गर्ने संस्थाका अध्यक्ष प्रधानले जानकारी दिए ।

उर्लाबारी, दमक, सुरुङा, धुलावारी, भद्रपुर र बिर्तामोडमा इकाइगत साधारणसभा गर्दै साधारणसभा सम्पन्न गर्ने तयारी थालेको हो । ५० हजार ६ सय ८४ जना शेयर सदस्य रहेको कर्णालीको ४३ करोड ७४ लाख ४ हजार एक सय रहेको छ भने १० करोड ७८ लाख ८८ हजार ४ सय २ रुपैयाँ जगेडा कोष रहेको जनाएको छ ।

तरलताका कारण ५० प्रतिशत असुलीमा कमि आएको र बचत समेत ३०-४० प्रतिशत मात्र भइरहेको संस्थाका अध्यक्ष प्रधानले बताएका छन् । उनका अनुसार संस्थामा निष्कृय १५ सय ४१ सदस्यको सदस्यता खारेजी गर्ने तयारी गरिएको छ । प्रक्रियागत ढंगबाट खारेजी हुने उनको भनाई छ ।

आर्थिक वर्ष ०७८-७९ मा संस्थाको बैंक कर्जा १ अर्व २१ करोड ३१ लाख ७७ हजार ४२४ रुपैयाँ पुगेको छ भने ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२६ रुपैयाँ लगानी रहेको छ ।

संस्थाले पाँच जना ऋणीको धितो लिलामी गर्ने प्रस्ताव साधारणसभा लैजाने तयारी गरेको छ । साधारणसभाबाट ऋणीको धितो वापत राखिएको जग्गा लिलामीको निर्णय गराई विक्री गर्ने तयारी गरेको हो ।

संस्थाका अध्यक्ष प्रधानका अनुसार (जमिनको ठेगानाका आधारमा ) साविक खजुरगाछी–३ कि ऋणी महगीकुमारी महतो, बाहुनडाँगी कि कोपिला कार्की, धुलावारी–४ कि चन्द्रकुमारी खड्का, बाहुनडाँगी–५, शिवगञ्ज –७ का पर्शुराम पोखरेल र भद्रपुर–३ कि कुमारी मगरको धितो वापत राखिएको धितो लिलामी गरिने छ ।

लिलामी मुल्य महतोको ८ लाख ८० हजार, कार्की ९ लाख ७२ हजार, खड्का ६० लाख, पोखरेल ४१ लाख ६८ हजार र मगरको १२ लाख ५१ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कर्णालीका अध्यक्ष श्रेष्ठले सदस्यको धितो लिलामी गर्ने उद्देश्य संस्थाको नरहे पनि बाध्यताले लिलामी गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]