सैनिकमोड–गोल्धाप सडकक्षेत्रभित्रको संरचना भत्काइयो
बिर्तामोड । बिर्तामोड नगरपालिकाले शनिवार सार्वजनिक सडकमा निर्माण गरिएको संरचना भत्काएको छ । सुरक्षाकर्मीसहित पुगेको मेयर÷उपमेयरको टोलीले उक्त संरचना भत्काएको हुन् ।
बिर्तामोड–३ स्थित सैनिकमोड–गोलधाप सडक क्षेत्रमा निर्माण गरिएको संरचना भत्काइएको हो । निर्माणाधिन सडकमा डे«न बनाउने ठाउँ नछोडेपछि नगरपालिकाले भत्काएको उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए । उनका अनुसार सार्वजनिक सडकमा कोहि कसैले संरचना निर्माण गरेर विकासमा अवरोध गर्न मिल्दैन ।
सैनिकमोड–गोल्धाप सडकको प्रवेशद्वारमा राजेश राजवंशीले लाछी जोडेर व्यवसाय सञ्चालन गर्दै आएका थिए । ६० मिटर सडक क्षेत्रभित्र पर्ने गरी राजवंशीले लाछी जोडेपछि उनलाई खाली गरिदिन पटक–पटक तागेता गरिएको थियो । पटक–पटकको तागेतामा समेत खाली नगरेपछि नगरपालिकाले शनिवार ड्रेन निर्माण हुने ठाउँमा खनिदिएको छ । ड्रेन निर्माणका लागि खनेपछि लाछीलाई पछाडि सार्नुपर्ने भएको छ । यता, राजवंशी परिवारले यसअघिको नापका आधारमा लाछी जोडेको जनाएको छ । पहिलेको नापभन्दा अहिले फरक परेपछि नहटाएको हो, राजवंशीले भने – यदि यहाँसम्म खाली गर्नुपर्ने थियो भने पहिले नै भन्नुपथ्र्यौ । पटक–पटक बनाउदै भत्काउदै गर्दा दुःख भयो । नगरपालिकाले ठाउँ खाली गर्न शनिवार ११ बजेको समय दिएको थियो ।
नगपालिकाले सार्वजनिक सडक क्षेत्रभित्र निर्माण भएका कुनै पनि संरचना हटाउने जनाएको छ ।