जेष्ठ ४, २०८२ शनिबार

पार्टीमा सल्लाह गर्छु भनेर बालकोट बैठकबाट निस्किए अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको छलफलबाट बाहिरिएका छन् ।

उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’

बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको राईले बताए ।

बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । अनलाइन खबर

प्रकाशित मिति : पुष १०, २०७९ आईतबार  २ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]