जेष्ठ १, २०८२ बुधबार

ओम काष्टिङ्गमा पाँच वटा ब्राण्डमा कल उत्पादन

बिर्तामोड । बिर्तामोड नगरपालिका –२ लालमाटीमा रहेको ॐ काष्टिङ्ग उद्योग प्रा.लिले ह्याण्ड पम्पको उत्पादन बढाउँदै लगेको छ । बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै यस उद्योगले २ बाट बढाएर ५ प्रकारका ह्याण्ड पम्प (पानी तान्ने कल) उत्पादन गर्न थालेको हो ।

यसअघि ॐ र ओसीयू उत्पादन हुँदै आएको यस उद्योगमा अब सिंगुर,नेपाल र एचएलसी थप गरी ५ वटा ब्राण्डमा उत्पादन सुरु भएको हो । यी ब्राण्डहरु १२ देखि २२ केजी तौल समुहमा उत्पादन भईरहेको उद्योगले जनाएको छ । विगत ३ वर्ष देखि सञ्चालनमा रहेको यस उद्योगले विभिन्न साइजका पुल्ली, व्यारिङ्ग चेक भल्ब,मोटर व्यारिङ्ग चेक भल्ब,सिआई निप्पल,पोलिसिङ्ग रोलर,कुटी मेशिनको दाँती, एडेप्टर, जिआई पाइप लगायतका सामाग्री उत्पादन गर्दै आएको छ । यस उद्योगले अर्डर अनुसार मेशिनरी सामग्री उत्पादन गर्दै आएको सञ्चालक खेमराज कडरियाले जानकारी दिनुभयो ।

उद्योगले झापा,मोरङ्ग,सुनसरी, जनकपुर, विरगञ्ज लगायत तराईका जिल्लामा बढी मात्रामा उत्पादन सामग्री पठाउँदै आएको छ । आर्थिक मन्दीका कारण व्यापारमा केहि कठिनाई भएपनि पछिल्लो दिनमा सुधार हुँदै आएको सञ्चालक कडरियाले बताउनुभयो । इलेक्ट्री फर्नेस प्रविधिबाट सञ्चालित यस उद्योगमा नेपाली र भारतीय गरी ७० जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : पुष १२, २०७९ मंगलबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]