जेष्ठ ४, २०८२ शनिबार

राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा दाहाल

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई चयन गर्नुभएको छ । अध्यक्ष ओलीले एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम दाहाललाई दलको नेता मनोनयन गरेको उल्लेख गर्नुभएको हो ।

यसअघि एमाले दलको नेतामा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुनुहुन्थ्यो । भट्टराईले राजीनामा दिएपछि सो पद खालि भएको थियो । दाहाल यसअघि दलका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

दलको नेता मनोनयन भएपछि दाहालले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘राष्ट्रियसभामा नेकपा एमालेको भूमिका थप प्रभावकारी बनाउन म प्रयत्नशील हुन्छु ।’ दाहालले राष्ट्रियसभामा छलफल हुने विषय,आफूले प्रस्ताव गर्ने विषयहरूमा गहन अध्ययन गरेर प्रभवकारी र तार्किक ढंगले प्रस्तुत हुन सांसदहरूलाई आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति : पुष १४, २०७९ बिहीबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]