जेष्ठ ५, २०८२ आईतबार

मन्त्रिपरिषद विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार ७ दलबाटै मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका हुन् ।

मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री दाहालले बुधबारदेखि छलफल थालेका छन् । उनले बालकोट पुगेर बुधबार साँझ सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी गरेका थिए ।

मा उनले शपथ लिदा ताका ८ जना मन्त्री बनाए पनि केही मन्त्रीको जिम्मेवारी तोकिएको छैन ।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उपप्रधानमन्त्री माग गरिरहेका छन् । राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय दाबी गरेको छ ।

अहिले विष्णु पौडेल अर्थमन्त्री, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री र रवि लामिछाने गृहमन्त्री छन् । सरकारले न्यूनतम साझा कार्यक्रमसमेत ल्याइसकेको र प्रधानमन्त्रीले विश्वासको मतसमेत लिइसकेकोले अब छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने गरी प्रधानमन्त्रीले छलफललाई तीव्रता दिएका छन् ।

यसबीचमा सातै प्रदेशमा मुख्यमन्त्रीसमेत नियुक्त भइसकेका छन् । सत्ता साझेदार दलहरूले भागबन्डा गरी मुख्यमन्त्री, प्रदेशका सभामुख, उपसभामुखलगायत पद लिएका थिए ।

प्रकाशित मिति : पुष २८, २०७९ बिहीबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]