जेष्ठ ५, २०८२ आईतबार

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए ।

आजको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । ९३ सदस्यीय प्रदेशसभमा बहुमतका लागि ४५ मत आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन छ ।

आज नै नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी छ । माओवादी केन्द्रबाट आज दुई जना मन्त्री सरकारमा सहभागि हुनेछन् ।

माओवादी केन्द्रले तीन जनालाई पठाउने तयारी गरेको थियो । तर मन्त्रीको नाम छनोट गर्ने विषयमा विवाद भएपछि दुई जनालाई मात्रै पठाउन लागेको हो । नेताहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्यको मन्त्री पद निश्चित छ । उनीसँगै आज दुर्गा चापागाईं पनि मन्त्री बन्ने स्रोतले बतायो ।

प्रकाशित मिति : पुष २९, २०७९ शुक्रबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]