जेष्ठ ५, २०८२ आईतबार

देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

काठमाडौं । नेकपा एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको छ ।

लामो राजनीतिक इतिहास हुनुभएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।

नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको छ । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ ।

घिमिरेका समर्थक माओवादीका सांसद हितराज पाण्डेले सम्बोधन गरिरहनुभएको छ । उहाँले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गर्नुभयो ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  १२ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]